Share on facebook

गैर आवासीय नेपाली संघ युकेको महिला समिति गठन

गैर आवासीय नेपाली संघ युकेको महिला समिति गठन भएको छ। संयोजक संगीता मरहट्टाले गत बुधबार एक उपसंयोजक र २३ सदस्यहरु भएको २५ सदस्यीय समिति गठन गरेको बताएकी छन्।

सो समितिमा संयोजक संगीता मरहट्टा, उपसंयोजक शान्ति थापा रहेका छन् भने सदस्यहरुमा बसुन्धरा राई, भगवती खरेल, देवी आले, गौमाया गुरुंग, गीता रायमाझी, हमा रन्जित, हेमा राना, ज्योती श्रेष्ठ, कमला अर्याल, लक्ष्मी गुरुंग, लक्ष्मी मण्डल राजबंशी, मंजु खरेल, नवीना गुरुंग, निमा लिम्बु, निर्मला गुरुंग, प्रतिमा जिसी केसी, राधा भट्टराई, संगीता क्षेत्री, सरस्वती केसी, शशी सुब्बा, शर्मिला थकाली, सुशीला कार्की र तारा गुरुंग रहेका छन्।

बेलायती समाजमा विभिन्न तवरले संलग्न तथा बेलायतको फरक फरक क्षेत्रका महिलाहरु समेटेर बनेको यस समितिले आगामी दिनहरुमा बेलायत तथा नेपालमा रहेका नेपाली महिलाहरुको उत्थानका लागि कार्यक्रमहरु गर्ने जानकारी संयोजक संगीता मरहट्टाले दिएकी छन्।


News Source: Jib Belbase, NRN UK

Add comment

Security code
Refresh

Compare Remittance to Nepal

Compare Cheap Fllights to Nepal

Latest Events

Sun May 26 @08:30 -
Gurkha Cup 2013
Sun Jun 02 @14:00 -
Buddha Purnima Celebration
Sat Jun 08 @09:00 -
Budha Subba Gold Cup 2013
Sat Jun 15 @08:30 -
4th Gurkha VC Cup