१५ जुलाई २०१२, ग्रेटर रेडिंग नेप्लिज कम्युनिटी एसोसिएसन (जी.आर.एन.सी.ए.)को आयोजनामा आगामी २०१२ अगस्ट २५ तारिखमा छैठौ ९ ए साइड रेडिंग कप हुने भएको छ/ रेडिंग कपको तयारीको लागी हालै बसेको कार्य समितिको बिस्तारित बैठकले उक्त कार्यक्रम भब्यताकासाथ सम्पन्न गर्नको लागी विभिन्न महानुभाबहरुको संयोजकत्वमा कार्य बिभाजन समेत गरेको छ/ बेलायतबासी सम्पूर्ण नेपालीहरुको भेटघाट, मनोरंजन तथा नेपालीमेलाको रुपमा चर्चित सो प्रतियोगितामा पुर्बमा डोवर, पश्चिममा वयेल्स, उत्तरमा योर्क लगायत बेलायतका विभिन्न भागबाट पचास भन्दा बढी प्रतिष्ठित नेपाली फुटबल टीमले भाग लिने कुरा सो प्रतियोगिताका संयोजक तथा समाजका उपाध्यक्ष रमेश बाँस्तोलाले बताउनु भएको छ/ रेडिंगको प्रोस्पेक्त पार्कमा सम्पन्न गरिने सो प्रतियोगितामा प्रथम पुरस्कार १२०० पाउण्ड तथा ट्रफी तथा दोस्रो पुरस्कार ५०० पाउण्ड तथा ट्रफी राखिएको छ भने भेटेरन तर्फको प्रथम पुरस्कार ५०० पाउण्ड तथा ट्रफी र दोस्रो पुरस्कार २५० पाउण्ड तथा ट्रफी राखिएको कुरा संयोजक बास्तोलाले बताउनु भयो/ आगामी अगष्ट १८ का दिन टाई सिट ड्र तथा कार्यक्रम जानकारी बारेमा पत्रकार सम्मेलन गरिने कार्यक्रम रहेको कुरा सचिबालय सदस्य प्रेम गुरुंगले बताउनु भएको छ/
समाजका महासचिब नारद भण्डारीका अनुसार कार्यक्रमलाई ब्यबस्थित गर्नको लागी विभिन्न उपसमितिहरु गठन गरिएको छ जसमा समाजका उपाध्यक्ष ओमेन्द्र गुरुंगको संयोजकत्वमा सुरक्षा ब्यबस्थापन उपसमिति, उपाध्यक्ष किर्ति विलास पन्तको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, महासचिब नारद भण्डारीको संयोजकत्वमा सचिबालय संयोजन उपसमिति, सचिब संजय दाहालको संयोजकत्वमा पिच कन्ट्रोल ब्यबस्थापन उपसमिति र कोषाध्यक्ष भीमसेन खड्काको संयोजकत्वमा स्वयंसेवक ब्यबस्थापन उपसमिति गठन गरिएको छ/ त्यस्तै गरी कुमार के.सी.को संयोजकत्वमा मिडिया उपसमिति, यादव श्रेष्ठको संयोजकत्वमा बिज्ञापन ब्यबस्थापन उपसमिति, तिल बहादुर गुरुंगको संयोजकत्वमा कार पार्किंग ब्यबस्थापन उपसमिति र सिता लामिछानेको संयोजकत्वमा स्वास्थ्य तथा सुरक्षा उपसमिति गठन गरिएको छ/ त्यस्ता गरी खानानास्ता, लजिस्टिक, रेफ्री ब्यबस्थापन तथा राफल चिट्ठा ब्यबस्थापन उपसमितीमा क्रमस राधादेवी भट्टराई, टिकाराम थापा र दीपक गुरुङ, चन्द्रमान गुरुङ र सुबास दाहाललाई उपसमिति संयोजक बनाइएको छ/ समितिका बिभिन्न सदस्यहरुलाइ हरेक उपसमितिमा बिशेष जिम्मेबारी दिइएको छ/ कार्यक्रम ब्यबस्थित र सफल बनाउनको लागी समाजका सल्लाहकार विश्व आदर्श पण्डित, डा. कृष्ण राज रेग्मी, डा. चन्द्र बहादुर गुरुङ, ढक बहादुर गुरुङ र अर्जुन बस्नेत रहेको बिशेष अनुगमन समिति बनाइएको छ/
रेडिंगको पर्बको रुपमा मनाइने सो प्रतियोगीतामा नेपाली दुताबासका महामहिम राजदूत, बरो काउन्सिलका मेयर तथा बिभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहने कुरा समाजका अध्यक्ष महेश गुरुंगले बताउनु भएको छ/ उक्त कार्यक्रमलाई सम्पूर्ण रुपमा सफल पार्नको लागि ग्रेटर रेडिंग नेपाली समाजका अध्यक्ष महेश गुरुंगले रेडिंगबासि तथा बेलायतबासी सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनि तथा विभिन्न संघ संस्थाका प्रमुख तथा सदस्यहरुलाई आबह्वन गर्नु भएको छ/
News Source: Kumar K.C.
| Sun Jun 23 @18:30 - Non-stop Comedy Show |
| Sun Jun 30 @19:00 - Premiere show: Daughters of Dolma |
| Sat Jul 13 @13:00 - Literature Programme on Bhanu Jayanti |
| Sat Jul 20 @08:00 - Swindon Cup 2013 |
| Sat Aug 03 @17:00 - Nepathaya Live at Wembley Arena |
| Sat Aug 17 @18:00 - Kosheli Annual Cultural Programme |