Share on facebook

ठकुरी समाज यू के को निर्वाचन सम्पन्न

१४ जुलाई लण्डन; बेलायतमा रहेका ठकुरीहरुको सामाजिक सँस्था ठकुरी समाज यू के को निर्वाचन सम्पन्न भएको छ।

फानबरो, ह्यामसायर स्थित अोकफार्म पेभेलियन हलमा आयोजित दसौं साधारण सभाले आगामी तीन बर्षको लागि सँस्थाको चौथों कार्यसमितिको निर्वाचन सम्पन्न गरेको हो।

सभामा निर्वाचन संयोजक साहित्यकार सुरेश जंग शाह, निर्वाचन सदस्य सचिव क्या(रि) अशोक सेन र निर्वाचन सदस्य थर्क सेन रहेको तीन सदस्यिय निर्वाचन समितिबाट सँस्थाको चौथों कार्यसमिती निर्बिरोध निर्वाचित भएको घोषणा गरिएको थियो। सोअनुसार सभापतिमा क्या (रि) बिष्णु सिंह ठकुरी, उपसभापतिमा प्रकाश बिक्रम सिंह, महासचिवमा गुन्ज शाह,कोषाध्यक्षमा रामराजा मल्ल, सचिवमा कुम खाँड ठकुरी, सहायक कोषाध्यक्षमा राम खाँड निर्वाचित हुनु भएको छ भने कार्यकारीणी सदस्यहरुमा प्रकाशन सदस्य डोल मल्ल, मनोरन्जन सदस्य दीपक हमाल, सहायक मनोरन्जन सदस्य भुपाल शाह, खेलकुद सदस्य ऋतेश शाह र सहायक खेलकुद सदस्य असिम हमाल ठकुरी रहेका छन।

सँस्थाका सभापति मेजर (रि) धन बहादुर चन्दको सभापतित्व र महासचिव भक्त मल्लको संचालनमा सम्पन्न भएको उक्त समारोहमा सँस्थाको कार्यप्रगती तथा आर्थिक जानकारी र विधानका केही धाराहरुमा संसोधन छलफल तथा पारीत गरिएको थियो।

नवनिर्वाचित पदाधिकारीहरुलाई कार्य सफलताको शुभकामना अभिव्याती सभापति मेजर (रि) धन बहादुर चन्द,निर्वाचन संयोजक साहित्यकार सुरेश जंग शाह, महासचिव भक्त मल्ल र निर्वाचन सदस्य सचिव क्या अशोक सेनबाट दिइएको थियो भने प्रतिउतर अभिब्याक्तीमा नवनिर्वाचित सभापति क्या (रि) बिष्णु सिंह ठकुरीबाट समाजको सेवा गौरव र गरिमा बढाउन समर्पित रहने अठोट व्यक्त गरिएको थियो।

यसअघि समारोहमा सभापति मेजर (रि) धन बहादुर चन्द बाट नवनिर्वाचित पदाधिकारीहरुलाई खादा ओढाइ सम्मान र पदाधिकारी प्रमाणपत्र प्रदान गरिएको थियो भने निर्वाचन समितिका सदस्यहरुलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो

नवनिर्वाचित चौँथो कार्यसमितिले आफ्नो कार्यभार भने आगामी अक्टुबरमा सम्पन्न हुने दसैं कार्यक्रमको समारोहबाट लिने सँस्थाको प्रचलन रहेको छ।

समारोहमा गोर्खा आर्मिको सेवामा क्यापटेन तहमा भखरै बढुवा भएका जीत हमाल दम्पतिमा अभिनन्दन सम्मान अर्पण गरिएको थियो।



News Source: Anuj Upreti

Add comment

Security code
Refresh

Compare Remittance to Nepal

Compare Cheap Fllights to Nepal

Latest Events

Sun Jun 23 @18:30 -
Non-stop Comedy Show
Sun Jun 30 @19:00 -
Premiere show: Daughters of Dolma
Sat Jul 13 @13:00 -
Literature Programme on Bhanu Jayanti
Sat Jul 20 @08:00 -
Swindon Cup 2013
Sat Aug 03 @17:00 -
Nepathaya Live at Wembley Arena
Sat Aug 17 @18:00 -
Kosheli Annual Cultural Programme