hot discussion on forum: "Final decision for all tier 4 students now....5years TOPI."
Share on facebook

एन आर एन यू के पाचौ कार्य समितीको सातौ बैठक

NRN UK News Jib Belbaseअल्डरसट मिती २९ अप्रिल २०१२, एन आर एन यू के पाचौ कार्य समितिको सातौ बैठक सम्पन्न भएको छ। दुई चरणको कार्यक्रम सहित सम्पन्न उक्त बैठकको पूर्बार्ध्दमा बैठकको दूबै चरणको मूलभूत उदेश्य बारेमा प्रश्टयाउदै एन आर एन यू केका संयोजक राम शरण शिम्खडाले अध्यक्ष कूल आचार्यको अनुमतिले कार्यक्रम अघाडी बढाएका थिए। उपाध्यक्ष महेन्द्र कंडेलले श्वागत गर्दै एन आर एनको नागरिकता सम्बन्धी पीडालाई जस्ताको तस्तै नेपाल लगि परिणाम मुखी बनाइदिन प्रमुख अतिथि नेपाल सरकारका भू पू शिक्षा मन्त्री ९प्रबकता०तथा नेकपा एमालेका केन्द्रिय सदस्य गगां लाल तुलाधर समक्ष बिनम्रताका साथ आग्रह गरेका थिए भने एन आर एन आइ सी सी सदस्य विश्व आदर्श पण्डितले दुई शब्द बोल्दै एन आर एन को जन्म यू केमै भएको जनाउदै नागरिकता बिषयको उठान समेत बेलायतबाटै भएको बताएका थिए।

त्यसै क्रममा प्रमुख अतिथिलाई श्वागतार्थ पूश्पगुच्छा प्रदान गर्दै खादा ओढाइ एन आर एन यू केका अध्यक्ष कूल आचार्यद्वारा सम्मान गरे पश्चात कार्यक्रममा बोल्दै प्रमुख अतिथि गंगा लाल तुलाधरले एन आर एनको नागरिकता बिषयक पिडामा आफू सहमत भएको जनाउदै नेपाल अत्यन्तै महत्वपूर्ण घडिबाट गुज्रीइरहेको यस परिबेशमा ठोंस निर्णय लिनु पर्ने अवस्था आएको र गरिने निर्णय दिर्घकालिन हुनको लागि सबै कुरा संबिधानमा लेखि रहन सम्भव नहुने हुँदा सटिक छोटो लाइन संबिधानमा लेखि अरु कानूनले व्यबस्था गर्ने गरि गर्न गराउन अत्यन्तै आवश्यक रहेको बताएका थिए। बोल्ने क्रममै अतिथि तुलाधरले एन आर एन को सामुहिक लगानी बिषयक अवधारणाको खुलेर प्रशंसा गर्दै बिकाससँग बिपद पनि जोडिने र बिपदको उपयुक्त व्यपस्थापन नहुँदा बिकास नै बिनाशको कारण बन्न जाने हुँदा लगानीको एक प्रतिशद बिपद व्यबस्थापनको लागि छुटयाउनको हार्दिक आग्रह गरेका थिए। त्यसै गरि भू पू गोर्खाहरूको बिषयमा बोल्दै मन्त्री तुलाधरले गोर्खाहरूको आन्दोलनको निरन्तरता हुनु नै पर्ने तर त्यसलाई नेपाल सरकार र नेताहरूले आत्मसात गर्नुपर्ने कुरा जनाउदै आफूले समान उदेश्य प्राप्तीको लागि स्थापित गरिएको भू पू गोर्खाहरूको धेरैवटा संस्था भएको सुन्दा आश्चर्य जनाइ सैनिक लडाइ छिरोरिएर नभइ एक जुट भएर मात्र जित्न सकिन्छ, भावनात्मक हिसाबले नेत्रित्व कसलाई दिने भन्ने कुरा मात्र हो, संस्थाहरूलाई एक ठाउमा ल्याउन एन आर एन ले सकारात्मक भूमिका निर्वाह गर्नु पर्दछ भनेका थिए।

निबर्तमान अध्यक्ष सूर्य गुरुङले नागरिकता आन्दोलनको इतिहास, बर्तमान र भावी कार्ययोजना बिषयमा प्रश्ट्याउदै सुन्नमा आए अनुसार नेकपा एमाले नै एन आर एन को नागरिता आन्दोलन बिषयमा उदासिन देखिएको बताएका थिए भने एन आर एन यू केका भू पू अध्यक्ष भू पू मेजर डमर घले, सल्लाहाकार डा॰ कृष्ण अधिकारि, योगेन छेत्री र एन आर एन यू केक महिला संयोजक संगिता मरहठ्ठा लगायतले आ(आफ्नो धारणा राखेका थिए।

कार्यक्रमको पहिलो चरणको समापन गर्ने क्रममा एन आर एन यू केका अध्यक्ष कूल आचार्यले प्रमुख अतिथि लगायत सबैमा धन्यबाद ज्ञापन गर्दै नागरिकता आन्दोलनको बिषयमा चरणबद्ध स्पश्टोक्तीका साथ नेपालि राजनेता र नेपाल सरकारको उदासिनता प्रति रूश्ठता प्रकट गरि गोर्खा आन्दोलन र विद्यार्थी समस्या बिषयमा भू पू मन्त्री तुलाधरलाई सचेत गराएका थिए।

कार्यक्रमको दौरानमा यू केबाट नागरिकता सम्बन्धी टास्क फोर्समा मनोनित भू पू अध्यक्ष मेजर रिटायर्ड डमर घले, निबर्तमान अध्यक्ष सूर्य गुरुङ, सल्लाहाकार सुरेन्द्र श्रेष्ठ र एन आर एन यू केको सल्लाहाकारमा मोनोनित राजेन्द्र पुडासैनीलाई अध्यक्ष कूल आचार्यले खादा ओढाइ सम्मान गरेका थिए।

कर्यक्रमको दोस्रो चरणमा पुनस् बैठकको मूलभूत उदेश्य एवम प्रश्ताव बिषयमा स्पश्ट्याउदै एन आर एन यू केका संयोजक राम शरण शिम्खडाले प्रस्तावहरू बैठक समक्ष छलफलको लागि प्रश्तुत गरे पश्चात बिविध प्रस्तावहरू उपर छलफल गर्दै निर्णय लीइएको थियो।

प्रस्ताव उपर छलफल र निर्णय लिने क्रममा विगतमा मनाइएको नारी दिवस बिषयमा तत्कालिन कार्यक्रमका संयोजक एवम महिला संयोजक संगिता मरहठ्ठा र सह संयोजक शुस्मा राईले संयुक्त रुपमा रिपोर्टिङ गरेका थिए भने अथक मेहनत गरि कार्यक्रमलाई सफल बनाएकोमा पुरै हल तालीको गडगडाहटले गुन्जयमान गराउदै सम्मान गरिएको थियो।

एन आर एन यू केको सोच नेपाल हाउसको लागि अर्थोपार्जनार्थ प्रवचन तथा सप्ताहा कार्यक्रम गर्ने तर काउन्सिल बैठकबाट अनुमोदन गराउने निर्णय गर्‍यो भने सामुहिक लगानी बिषयमा एन आर एन यू केका सदस्य तथा सामुहिक लगानी टास्क फोर्सका सदस्य क्याप्टेन रिटार्यड बाल कृष्ण गुरुङले प्रस्तुति दिए पश्चात स्वयम बाल कृष्ण गुरुङ्, पशुपति भन्डारी र राजन कंडेलका अतिरिक्त उल्लेखित टास्क फोर्सको सल्लाहाकारमा निबर्तमान अध्यक्ष सूर्य गुरुङ्, भू पू अध्यक्ष मेजर रिटायर्ड डमर घले र भू पू अध्यक्ष महन्त श्रेष्ठ, सदस्यहरुमा सुरेश गौतम, गंगा राना, सुरेन्द्र श्रेष्ठ, थर्क सेन,योगेन छेत्रि, ज्ञान शेरचन, कृष्ण भट्ट, अर्जुन गौतम, बिक्रम जोशी, उत्तम नेपाल, दासु पाण्डे, रमेश बाँस्तोला, ज्ञाम गुरुङ, दिलिप गुरुङ, शुस्मा राइ, शान्ति थापा कुँवर, नविन गुरुङ, पपी राइ, यादब श्रेस्थ, योग कुमार फगामी र राजन छेत्रीलाई मनोनयन गर्ने निर्णय गय्रो।

त्यसै गरि काउन्सिल बैठकको लागि लाग्ने सम्पुर्ण खाना खर्च स्वयम अध्यक्ष कुल आचार्यले, बैठक हल बूकिङ उपाध्यक्ष द्वय महेन्द्र कंडेल र थर्क सेनले र अन्य अतिरिक्त खर्चको लागि कर्यसमिती, सल्लाहाकार र आइ सी सी सदस्य समेतले प्रति व्यक्ति बिस पाउण्डका दरले स्पोन्सर गर्ने निर्णय भयो।

निकट जुनको पहिलो साता निदरल्यान्डमा हुन गइरहेको पाचौ गैह्रआबासिय नेपालि संघ युरोप क्षेत्रिय बैठक र तेस्रो गैह्रआबासिय महिला सम्मेलन युरोपको लागि एन आर एन यू केको तर्फबाट एक हजार डलर दिने र आइ सी सी सदस्य विश्व आदर्श पन्डित लाई सोको संयोजन गर्न जिम्मा दिने निर्णय भयो भने अस्ट्रेलियामा हुने कन्फ्रेन्सको जिम्मा अर्का आइ सी सी सदस्य राजन कंडेललाई दिने निर्णय भयो।

एन आर एन को परिभाशा बिषयमा नेपाल सरकार र एन आर एन बीच फरक धारणा रहन गइ बाझिएको यस परिबेशमा एन आर एन लाई नेपालमा रजिश्ट्रेसन गर्दै एन आर एन को परिभाशा एन आर एन को सोच मुताविक गराउनको लागि आन्दोलन जारी राख्ने बिषयमा एक मतले निर्णय भएको थियो।

सन १९६० मा नेपालको तर्फबाट पहिलो नेपालि धावक जापानमा खाली खुट्टा म्याराथुन दौडेका ७७ बर्षीय स्रश्टा भुपेन्द्र सिलवालको सम्मानार्थ यस बर्ष हुने ओलिम्पिक खेलको दौरानमा बेलायतमा झिकाइ सम्मान गर्नुको साथै उल्लेखित खेलमा भाग लिन नेपालदेखी आउने खेलाडीहरूलाई समेत सम्मान गर्न संयोजकको रुपमा सास्क्रितिक संयोजक रमेश बाँस्तोलालाई तोकियो भने सी एन एन हिरोमा मनोनित उश्मा बस्नेतलाई भरमजदुर सहयोग गर्ने निर्णय समेत भयो।

बैठकमा कार्यसमितिका सबैजसो सदस्यहरु, सल्लाहाकारहरु, र आइ सी सी सदस्यहुरुको उपस्थिती रहेको थियो।

बैठकको अन्त्यमा अध्यक्ष कूल आचार्यले उल्लेख्य सहभागिताको लागि समस्त कार्य समिति, सल्लाकारहरु र आइ सी सी सदस्यहरुलाई धन्यबाद् दिदै हल प्रायोजन र मिठो भोजनको व्यबस्था गर्ने भेटघाट रेस्टुरेन्टका प्रबन्धक तथा एन आर एन यू के का सल्लाहाकार शेर सुनार र उनका परिवार, कर्मचारीहरू एवम खाना स्पोन्सरकर्ता निबर्तमान अध्यक्ष सूर्य गुरुङ्,भू पू अध्यक्ष भू पू मेजर डमर घले, उपाध्यक्ष थर्क शेन, सहसंयोजक शुस्मा राइ, कोशाध्क्ष दिल राज गुरुङ्, प्रबक्ता जिब बेल्बासे, सदस्य शान्ति थापा कुँवर, गणेश गुरुङ, ज्ञान शेरचन, सल्लाहाकार योगेन छेत्रि, मेजर रिटायर्ड सूर्य उपाध्याय, हित काजी गुरुङ र हरि श्रेष्ठ लगायतलाई हृदयदेखी धन्यवाद दिएका थिए।

जिब बेल्बासे
प्रबक्ता
एन आर एन यू के



News Source: Jib Belbase

Add comment

Security code
Refresh

Compare Remittance to Nepal

Compare Cheap Fllights to Nepal

Latest Events

No events