गरीबको व्यथा

जन्मजात न कोही अमीर हुन्छ न
कोही गरीब, न कोही अपराधी,
हर कोही आफ्नो भाग्य लिएर
जन्म लिन्छ साथै मानचित्र पनि
ल्याउँछ, त्यो मानचित्रमा हिँडि़
कोही विकाषपथ तिर जान्छ
त कोही काँड़ापथतिर, बस! यो
सबै भाग्यको खेल हो। अमीर
भन्नाले धनको, मन को होइन,
पल पल पैसाको थाक लगाउँन
लाई कठोर परिश्रम गरिरहेछन्
तर गरीब पेटको दानाको निम्ति
निरन्तर मरिहेछन्, यहाँ उसलाई
जिउनको निम्ति युद्ध गर्नुपर्दछ।
कोही गरीबी देखेर तर्सीरहेका
छन् त कोही हाँसिरहेका छन्,कोही
भोक्कै आँसु पुछिरहेका छन् त कोही
भोकले पिटाई खाई आत्महत्या
गरिरहेका छन्,त कोही पागल सरी
गीत गाई रहेकाछन् त कोही जिउँदो
लाष भएका छन् त कोही मŸाू,कोही
रोगी। निर्धनताको बादल वरिपरि
व्याप्त छन्! यस्तो महौलमा यस्तो
अवस्थामा कसले भन्दैछ देष विकाष
भयो? के यो विकाष हो? विकाषको
नारा लगाएर के देषको विकाष हुन्छ?
कुनै पनि बेरंग वृक्षको पातमा तब
रंग आउने गर्छ जब जड़ामा जलको
पूर्ती हुन्छ तर यहाँ बेरंग पातमा अनाहक
विकाषको रंग लगाउने प्रयास भईरहेछन्।
अपच भएका मानिसलाई घीउ ख्वाउने
व्यर्थ प्रयास भईरहेछन्। कुनै पनि रोगको
कारण पात हुन सक्दैनन् त्यस वृक्षको
जड़ामा लुकेको हुन्छ त्यसको उपचार।



Submitted by: Bablu Kumar "Rahi"