अरू केही पनि होइन

'अरू' तिम्रो कोमल हात स्पर्षले

मेरो हृदयमा एक अमेट छाप

छोरेको छ, यस्तो छाप कि मैले

चाहेर पनि मेटाउन सकिनँ है!

तिमीले अंकित गरेको त्यो स्थाई,

प्रेमभाव आज मसित छ म यसलाई

मासेर वा निमोटेर पनि मार्न सक्दिनँ

यदि तिमीले यो प्राण माँग्छौं भने

म सहर्ष दिन तैयार छु तर मेरो

प्रेमभावलाई कुनै मूल्यमा पनि दिन

सक्दिनँ किनकि यही प्रेमभावले आज

म बाँचिरहेको छु यही प्रेमभावले म

गीत गाइरहेको छु, म आफुलाई भूल्न

सक्छु तर तिमीलाई कदापि होइन!

क्षणभरको भेट तिम्रो निम्ति रमाइलो

हुनसक्छ तर यो कहिले प्रेमको सागरमा

डुबुल्कि लगाउँछ भनेर भन्न सकिन्न् है!

मनको गति नै अद्भूत छ, यो वषमा

कहाँ छ र! मित्रता प्रेम होइन, प्रेम मित्रता

होइन, के यही हो मित्रताको परिभाषा?

के यही हो प्रेमको परिभाषा?

मलाई यसको परिभाषा जानु छैन

बस तिमीले दिएको अनौठो अनुभवसित

बाँच्न चाहन्छु जिउन चाहन्छु, तिम्रो साथ

नपाए तापनि तिम्रो नामको घर बनाई,

तिम्रो मुस्कानको उन्मेषमय दीप जलाई

घोर अँधकारलाई मेटाउन चाहन्छु

'अरू' अरू केही पनि म चाहन्न् ।।



Submitted by: Rahi Bablu Soni