दुर्भाग्य सिमाना मेटिदै छ
नेपालको गला रेटिदै छ
नेपाली अनुहार हराउँदै छ
विदेशी अनुहार भेटिदै छ
देश तिनतिरबाट पेलिदै छ
चंगा झैँ दशगजा चेटिदै छ
बैमानी राष्ट्रले हल्लाउँदै छ
सानो यो मुलुक फेटिदै छ
आउ अब भिडौँ
आउ अब भिडौँ थिच्ने संग
हाम्रो सिमाना मिच्ने संग
ए नेमकिपा, जनमोर्चा, राप्रपा
खोस्दै उसको देश सिच्ने संग
ए माओवादी, फोरम, तमलोपा
नेपाली मुटु किच्ने संग
ए सदभावना, काँग्रेस, एमाले
नेपालीको रगत घिच्ने संग
आउ अब भिडौँ थिच्ने संग
हाम्रो सिमाना मिच्ने संग