तिमी बिना सधैंभरी एक्लै हुन्छु होला
सम्झनाले सताउदा धेरै रुन्छु होला
यती मिठो माया बाड्ने कोही हुने छैन
सुख दु:ख साट्ने पनि कोही हुने छैन
सधैं भरी तिमीलाई सम्झी रन्छु होला
सम्झनाले सताउदा धेरै रुन्छु होला
संसारैमा केही छैन् जीवन साथी जस्तो
दाहिने आँखा फुर्फुरायो भयो कस्तोकस्तो
तिमी बिना एक्लै जिउदो लास बन्छु होला
सम्झनाले सताउदा धेरै रुन्छु होला